च्याम्पियन्स लिग : जितको खोजीमा युभेन्टस

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज (शुक्रबार) इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन भिड्दै छन् ।

सिरी ए च्याम्पियन युभेन्टसले घरेलु मैदानमा लियोनसँग भिड्ने छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा लियोनविरुद्ध मैदान उत्रदा युभेन्टस जितको खोजीमा हुनेछ । तर, युभेन्टस घरेलु मैदानमै दबाबमा हुनेछ । पहिलो लेगमा हार व्यहोरेको युभेन्टसलाई अन्तिम आठको यात्रा तय गर्न जित आवश्यक रहनेछ ।

गत फेब्रुवरीमा भएको पहिलो लेगमा लियोनले युभेन्टसलाई १-० ले पराजित गरेको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?