सुशान्त आत्महत्या केसमा अर्को ‘ट्वीस्ट’ : रिया र बान्द्रा डिसीपीको सेटिङ

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा एक पछि अर्को ट्वीस्ट आईरहेको छ ।

सुशान्तका फ्यान्सहरुले रियाविरुद्ध विभिन्न आरोप लगाईरहेका बीच सुशान्तकी प्रेकीमा रियाले बान्द्रा डिसीपीलाई सुशान्तको मृत्यु पछि ४ पटक फोन गरको रहस्य कल डिटेल्सबाट खुलेको छ ।

रियाको कल डिटेल्स हेर्दा उनले बान्द्रा पुलिसका डिसीपीलाई सुशान्तको मृत्यु पछि चार पटक फोन गरेकी थिइन् ।

उनी सुशान्तको मृत्यु पछि लगातार बान्द्रा डिएसपीको सम्पर्कमा रहेको कुरा खुलेको हो । कल डिटेल्समा रिया र बान्द्रा डीसीपी अभिषेक त्रिमुखेको बीचमा चार पटक फोन भएको देखिएको छ । साथै म्यासेज पनि भएको कल डिटेल्सबाट पत्ता लागेको छ ।

२१ जूनमा बान्द्रा डीसीपीसँग उनले २८ सेकेण्ड, २२ जूनमा रियाको लागि डीसीपीले म्यासेज छोडेको, साथै २२ तारिखमै रियासँग २९ सेकेण्डसम्म कुराकानी गरेको, फेरि त्यसको ८ दिनपछि फोन भएको थियो ।

जम्मा उनीहरुबीच ६६ सेकेण्ड कुराकानी भएको पत्ता लागेको छ । फेरि केहि समय पछि १८ जुलाईमा रियाले डीसीपीलाई फोन गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?