एन आई सी एशियाको योजना : टाटा ब्राण्डको कार किन्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने !

काठमाडौं ।  एन आई सी एशिया बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत टाटा ब्राण्डका कार खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने भएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट भाइस पे्रसिटेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरे ।

उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङ प्रालिले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रालिका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । साथै एन आइ सी एशियाको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङ प्रालिद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहक महानुभावहरूले खरिद गर्न सपकिनेछ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकहरूले लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच भएको छ ।

यो सुविधा सिप्रदी ट्रेडिङ प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?