काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा शुक्रवार एकैपटक १०६ जना संक्रमित थपिएको जानकारी दिए ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ र भक्तपुरका १, ह्याम्स हस्पिटलमा गरिएको स्वाब परीक्षणमा काठमाडौका ४, बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका २ र ललितपुरका १, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ र ललितपुर १, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४, पाटन अस्पताल, ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५, ललितपुर २ र भक्तपुर १, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३९, भक्तपुर २ र ललितपुर ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १४, ललितपुरका ३ र सोरिया हेल्थ केयर काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जनामा गरि काठमाडौंमा आज मात्रै ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (शुक्रवार) थप ४६४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया