ताइवान र चीनबीचमा युद्धको अवस्था : सीमामा चिनियाँ सैनिक तैनाथ

काठमाडौं । दक्षिण चीन सागरमा अमेरिका र चीनबीचमा अवस्था तनावपूर्ण बन्दै गएको छ । यसैबीच चीन र ताइवानको बीचमा पनि युद्धको जस्तै आलत बनेको छ ।

चीनले ताइवानको सीमा नजिकै आफ्ना भारी संख्यामा सैनिक तैनाथ गरेको छ ।

दक्षिण चीन सागरमा ताइवान र चीनले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आईरहेका छन् । उक्त क्षेत्रमा चीनले अहिले भारी संख्यामा आफ्ना सैनिक तैनाथ गरेको हो ।

सीमामा चीनका चीनले ठूलो संख्यामा सैनिक तैनाथ गरेको भन्दै ताईवानले पनि २०० मरीन कमाण्डोजेको एक कम्पनीलाई प्रताप द्वीपमा तैनाथ गरेको छ ।

ताइवानको जासुसी एजेन्सीका अनुसार चीनले उक्त क्षेत्रमा हमला गर्ने भन्ने डरले ताईवानले पनि आफ्ना सैनिक तैनाथ गरेको हो । चीनमा प्रतास द्वीपलाई डोंगसाको नामबाट चिन्ने गरिन्छ ।
जापानको क्योडो न्यूजले जासूसी सूत्रको श्रोत बताउँदै चीनको पिपुल्स लिबरेशन आर्मी हेनान द्वीपमा ठूलो संख्याका सैनिकको साथमा युद्धाभ्यास गर्दैछ ।

उक्त युद्धाभ्यासमा कमाण्डो, ल्याडिंग शिप्स होभर क्राफ्ट र सैनय हेलिकप्टर सामेल हुनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?