हेर्नुहोस् २०७७ साल साउन २४ गते देखी साउन ३० गते सम्मको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आईतवार साँझसम्मको समय मध्यम रहेकोले न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । आईतवार साँझबाट समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धीमुलक बन्दै जानेछन् ।

नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । सुरक्षा क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरु, माटो तथा धातुसँग सम्बन्धीत कारोबार गर्नेहरुका लागि यो साता राम्रो रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । सोमवार र मंगलवारको समय मध्यम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला ।

आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । बैक तथा बित्तिय क्षेत्र, चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासि जीवन व्यतित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

बुधवारबाट समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशमा हुनुहुन्छ भने समय उत्तम रहेको छ । सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर अकाउन्टेण्ट,ब्यापार,हास्य ब्याङ्ग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी साताको अझ समय शुभ रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । आफूलाई मन पर्ने विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । पानीसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर, पौडीबाज,तेल प्रसोधन, खेतिपाती, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आईतवार साझसम्मको समय मध्यम रहेकोले व्यक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । आईतवार साँझबाट राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । तरपनि सेना,प्रहरि,गुप्तचर,सुरक्षा संगठन,उद्योग, व्यावस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशीलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमवार र मंगलवारको समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । तरपनि व्यापार व्यवसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राविधिक ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार भावमा गोचर गर्ने चन्द्रमाले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा सामान्य मन्दि आउने तथा घाटा लाग्नेछ । साथी संगी तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफूतिर ल्याउँन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बुधवारबाट समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तर पनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागि समयले साथ दिनेछ । कूटनिति, परराष्ट्र,राजनिति,राजदूत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा यो साता शुभ रहको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साता राम्रो रहेकोले सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ भने बंश वृद्धिको गतिलो योग रहेको छ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । कवि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आईतवार साँझसम्मको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ ।

पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला । आईतवार साझबाट राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ ।

आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भुमिका रहनेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि साता राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ भने सन्तान तथा अनुयायीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । अन्य व्यापारमा मन्दी आउँने भएपनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । न्यायाधीस, ईन्जिनियर, डाईरेक्टर, सञ्चालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ व्यवस्थापन,मार्केटिङ, बिमा, अकाउन्ट, बैंक तथा वित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक माहोलमा जमघट भई मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

बुधवारबाट राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लाग्नेहरुका लागि साता उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साता राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । व्यापारकै शिलशीलामा छोटो दुरिको यात्रा हुनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ । खेलकुद तथा आँट,शाहस तथा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य विद्या,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?