सुशान्त आत्महत्या प्रकरणले लियो नयाँ मोड : फोनबाट धम्की आएपछि भागेका थिए अभिनेता

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको घटनाले नयाँ मोड लिएको छ ।

सुशान्तकी पूर्व म्यानेजर दिशा सालियनको मृत्यु ९ जूनको राती साँढे एक बजे भएको थियो । तर त्यहि दिन भन्दा अगाडि अर्थात् ८ जूनमा सुशान्तकी प्रेमीका रिया घर छोडेर हिँडेकी थिइन् ।

रिया दिशाको मृत्यु भन्दा १२ घण्टा अगाडि सुशान्तको घर छोडेर निस्किएकी थिइन् । त्यसपछि ८ जूनदेखि १४ जूनसम्म रिया र सुशान्तको बीचमा कुनै पनि कुरा भएको थिएन ।

सुशान्त सिंह राजपुतको सुसाइड केसमा नयाँ खुलासा भएको छ । सुसाइडलाई लिएर उठिरहेका विभिन्न सवालमा नयाँ ट्विस्ट आएको छ ।

उनलाई फोनमा यस्ता धम्की आइपछि तीन बहिनीहरुको टिकट लिएर उनी चण्डीगढ जान लागेका थिए । तर रियाले उनलाई फोन गरेर पुनः धम्की दिएको कुरा खुलेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

२० जनवरीमा तीन कल, २१ जनवरीमा ५ कल र २२ जनवरीमा तीन कल आएका थिए । यसरी रियाले दिनरात सुशान्तलाई फोन गरेर सताउने तथा धम्की दिने गरेको खुलेको हो ।

उनले सुशान्तलाई दिशाको आत्महत्या प्रकरणमा फसाउने धम्की दिएको खुलेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?