राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण स्थगित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको हो ।

क्यानका अनुसार तत्काल कुनै महत्वपूर्ण खेल नभएको र कोरोना संक्रमणको जोखिम नघटेका कारण प्रशिक्षण अनिश्चित समयलाई स्थगित हो ।

क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको थियो । त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टाइन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो ।

तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसँगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?