विष्णु रिमालको नारायणकाजीप्रति कटाक्ष- ‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’ !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएका बेला एक अर्को समूहबीच बीच आरोप प्रत्यारोपको शृङखला बढेको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहबीच विवाद बढिरहेको छ । यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता एवम् स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेको छन्।

नेकपाका अर्का अध्यक्ष अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सच्याएर सबैलाई मिलाएर जानुपर्ने भन्दै आवाज उठाइरहेका छन् । साउन २१ गते बुधवार प्रचण्ड लगायतका नेताहरुले पत्रकार सम्मेलन गरेको भन्ने विषयमा ओली इतर समूह रुष्ट बनिरहेका बेला रिमालले पार्टी एकता बिरूद्धका कुनैपनि गतिविधि नगर्न समेत आग्रह गरेका हुन्।

रिमालले श्रेष्ठप्रति कटाक्ष गर्दै ट्वीटमा लेखेका छन्, Enough is enough @nksthaprakashजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?