आयो लेग स्पिनर सन्दीपको कोरोना रिपोर्ट

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्नका लागि ट्रिनिडाड एन्ड टोबेगो पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट आएको छ ।

गत आइतबार ट्रिनिडाड एन्ड टोबेगो पुगेर १४ दिन क्वारेन्टाइनमा बसेकासन्दीपको रिपोर्ट नेगेटिभ आएको हो । सीपीएलले शुक्रबार प्रतियोगिताका लागि आएका खेलाडी, अफिसियल र टिम पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रतियोगिताका लागि ट्रिनिडाड एन्ड टोबेगो आएका १ सय ६२ जना सबैको रिपोर्ट नेगेटिभ देखिएको सीपीएलले जनाएको छ ।

यस वर्षको सीपीएल अगस्ट १८ बाट शुरु भएर सेप्टेम्बर १० मा सकिनेछ । यस वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?