पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

काठमाडौं । सिरहामा पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ ।

नराह गाउँपालिका-५ बछर्वा बस्ने रामेश्वर शर्माको १८ महिनाको छोरा राज कुमार शर्मा घर नजिकै रहेको पोखरीमा डुबेर बिहीबार मृत्यु भएको हो । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिर्चैयास्थित अनुराधा पोली क्लिनिक चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?