गजुरीमा ८ लाख नगद लुटपाट

काठमाडौं । धादिङमा ८ लाख नगद लुटपाट भएको छ । गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका-१४ बस्ने ३१ वर्षीय बिकाश तामाङको ८ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको हो ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त रकम लुटी गरी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?