सेञ्चुरी कमर्सियल बैंकद्वारा ‘3 D Secure’ भिसा, डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘IZealiant Technologies, India’  संगको सहकार्यमा ‘3 D Secure’  सेवा प्रारम्भ गरेको छ ।

उक्त सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न सकिनेछ ।

साथै अब यी कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने भएको हो ।

‘3 D Secure’  सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा ‘One Time Password (OTP)’  आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् ।

‘3 D Secure’ सेवामा कार्ड र ‘OTP’ दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने जनाइएको छ ।

अन्य जानकारीका लागि  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?