कोरोना कालमा बन्यो स्मार्ट मास्क, ८ वटा भाषामा गर्छ कुराकानी, आफैँ गर्छ फोन !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । वैज्ञानिकहरु अहोरात्र कोरोनाविरुद्धको भ्याक्सीन बनाउन खटिएका छन् । तर पूर्ण सफलता भने अहिलेसम्म हात लाग्न सकेको छैन ।

कोरोना भाइरसबाट बच्नको लागि लगाईने मास्क र सामाजिक दूरीको पालनाले पनि केहि हदसम्म संक्रमण कम भईहेको छ । यसैबीच जापानको एक स्टार्टअप कम्पनीले स्मार्ट मास्क बनाएको छ ।

जसले कोरोना संक्रमण रोक्नका साथै अन्य काम पनि गर्दछ । यो मास्क इन्टरनेटबाट कनेक्ट हुन्छ । एक एपको माध्यमबाट आफ्नो फोनद्वारा अपरेट गर्ने गरिन्छ । यो मास्कको मूल्य ४० डलर रहेको छ ।

यो एक स्मार्ट मास्क हो ।

मास्क इन्टरनेटबाट कनेक्ट हुन्छ ।

यो मास्क फोनमा आएका सन्देश पनि पढेर सुनाउँछ ।

यो मास्क जापानी भाषाको साथै अन्य आठ भाषामा कुरा गर्न सक्छ ।

मास्क भ्वाइस कमाण्ड पाएपछि फोन कल पनि गर्न सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?