सिरहामा कोरोना पोजेटिभ युवकको मृत्यु 

काठमाडौं । कोरोना पोजेटिभ देखिएका सिरहाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार १२ का २३ वर्षिय युवक रहेका छन् ।

गत ३ वर्ष देखि किड्नीको उपचार्थ युवकको मृत्यु भएको बुधवार राति धरानमा  मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले जानकारी दिए ।

शव सिरहा ल्याउन तयारी भइरहेको र दाह संस्कार नेपाली सेनाले गर्ने भएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?