सुनले बनायो ईतिहासकै नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोवार भएको पहेँलो धातुमा आज एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज एक हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?