सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ ।

आरोप प्रत्यारोपका बीच फेरी सुशान्तलाई औषधिको ओभरडोज दिने गरेको भन्दै रियालाई आरोप लागेको हो ।

बिहार पुलिसलाई सुशान्तका परिवारले यस्तो जानकारी दिएको हो । साथै परिवारले रिया पैसाको लोभमा सुशान्तको जीवनमा आएको समेत आरोप लगाएको छ ।

उक्त आरोपलाई बिहार पुलिसले सुप्रीम कोर्टमा दर्ता गरेको छ ।

बिहार पुलिसले रिया चक्रवर्ती र उनको परिवारका सदस्यहरुविरुद्ध पैसाको लोभमा सुशान्तको जीवनमा आएको आरोपमा केस दर्ता गरेको छ ।

बलिउड अभिनेता सुशान्तले गत जून १४ गते राती बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोमगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?