२१ जेष्ठ २०८०, आईतवार

फोहोरी राजनीति माओवादीलाई स्वीकार्य छैन – प्रचण्ड

२०७४,आश्विन,७,शनिवार १४:५७

0
Shares

काठमाडौँ, ७ असोज।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन ।अध्यक्ष दाहालले भने, “राजनीति जनताको सेवाका लागि गरिने सकारात्मक काम हो । राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजियो । त्यस्तो प्रक्रिया माओवादीलाई स्वीकार्य छैन ।”अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष दाहालले भने, “खेलको आफ्नै नियम छ, यसको आफ्नै संस्कार र मान्यता छ, यसले खेलाडी र व्यक्तिगत जीवनलाई मात्रै होइन, देशलाई नै स्वस्थ र समृद्ध राख्न मद्दत गर्छ ।”राजनीति पनि एक प्रकारको खेल नै भएकाले त्यसको आफ्नै नियम, मूल्य मान्यता र संस्कार रहेको उल्लेख गर्दै दाहालले नेपालमा राजनीतिलाई विकृत बनाउने प्रयास गरिएकामा आपत्ति प्रकट गरे ।आफ्नो पार्टीले राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक सहमतिलाई इमान्दारीपूर्वक पालना गरेर आफूले त्यो सन्देश दिन खोजेको स्पष्ट पारे । आफ्नो नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा मान्यता प्रदान गरेको स्मरण गर्दै दाहालले खेलाडीको मनोबल बढाउन मेहनत गरिएको, घोषणा गर्ने तर पुरस्कार नदिने मान्यता तोडिएको भन्दै खेल क्षेत्रमा थप लगानी जरुरी रहेको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१