रुसले बनाएको भनिएको कोरोनाविरुद्धको ‘भ्याक्सीन’ १० अगस्टसम्म बजारमा आउने

काठमाडौं । रुसले कोरोनाविरुद्धको भ्याक्सीन १० अगस्टसम्म आउन सक्ने बताएको छ ।

रुसका स्वास्थ्य मन्त्रीले कोरोना विरुद्धको सबै ट्रायलको काम सकिएको बताएका छन् । यो भ्याक्सीन गामालेया इन्स्टीट्यूटले बनाएको हो ।

यो बाहेक पनि अन्य दुई कम्पनीले क्लिनीकल ट्रायल गर्ने अनुमति मागेका छन् । तर गामालेयाको भ्याक्सीन भने १० अगस्ट भन्दा अगाडि नै बजारमा आउने दाबी गरिएको थियो ।

स्पुटनिक न्यूज डटकमका अनुसार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले गामालेयाको भ्याक्सीनको सबै ट्रायल सकिएको र १० अगस्ट भन्दा अगाडि नैबजारमा आउन सक्ने बताएका हुन् । कोरोना भाइरसका कारण अहिलेसम्म रुसमा १४ हजार ६०६ जनाको मृत्यु भएको छ भने ८ लाख ७१ हजार ८९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ७६ हजार ३५७ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ८० हजार ९३१ जना उपचाररत छन् । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?