अख्तियारमा कोरोना आतंक, कसरी प्रवेश गर्‍यो अख्तियारमा कोरोना ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे हात’ अपरेसनमा कार्यरत थिए । उनलाई एक्कासि असहज महसुस भएपछि पिसिआर परीक्षण भयो । परीक्षणमा उनलाई कोरोना देखिएपछि अख्तियारले सतर्कता अपनाएको हो ।

प्रहरी नायब निरीक्षकमा कोरोना देखिएपछि त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि कोरोना परीक्षण भएको थियो । राजधानीबाट बाहिरको जिल्ला नगएका ती प्रहरीमा कोरोना संक्रमण देखिएपछि अख्तियारले सुरक्षाकर्मीसहित कर्मचारीको पिसिआर परीक्षणको क्रममा सुरुमा १४ जना सुरक्षाकर्मी र एक सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार आएको रिपोर्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एक जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएको हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ । कोरोना संक्रमणका कारण हाल अख्तियार सुनसान बनेको छ । हाल अत्यावश्यकबाहेकका कर्मचारी कार्यालय गएका छैनन् ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?