भयावह बन्दै कोरोना त्रास : अमेरिकामा र ब्राजिलमा यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख १४ हजार १ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९१ लाख ३३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २२ लाख ७४ हजार १ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ३ सय २५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६२ हजार २ सय २२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३३ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० लाख ७ हजार ५ सय १४ पुगेको छ । हालसम्म २५ लाख २५ सय ५४ हजार २ २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४ सय १९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २८ लाख ७३ हजार ३ सय ४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९७ हजार ६ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २० लाख २० हजार ६ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३० जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?