अर्थ-राजनीतिमा आधारित राजीव उपाध्याको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स’ सार्वजनिक

काठमाडौं । बिहीवार एक कार्यक्रमकाबीच राजीव उपाध्याको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्सस् एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक भएको छ।

अर्थ–राजनीतिमा आधारित उक्त पुस्तकमा नेपालको राजनीति र व्यवसायबीचको अन्तरसम्बन्धमार्फत कसरी राज्य–दोहन गरियो र सुधारको गतिलाई अवरुद्ध गरिएको विषयलाई विशेष ढंगबाट प्रस्तुत गरिएको छ । आफैपनि लामो समय विकास साझेदार विश्व बैंकको नेपाल कार्यालयमा काम गरेको अनुभव रहेका उपाध्याले माओवादी द्धन्द्धकाल र संक्रमणकालमा नेपालको विकास प्रकृया कसरी अवरुद्ध भयो र त्यसका कारणहरू के थिए भन्ने विषयमा पनि पुस्तकमा उतारिएको बताइएको छ ।

त्यस्तै २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चातको अर्थ–राजनीतिमा आधारित उक्त पुस्तकमा नेपालको अर्थराजनीति र विकास प्रकृयालाई चिहाउने आँखिझ्याल भएको भएको उपस्थित वक्ताहरुको तर्क रहेको छ ।

विश्व बैंकमा दुई दशकभन्दा लामो समय काम गर्दा उपाध्याले नेपालका राजनीतिज्ञ र कर्मचारीतन्त्रको नेतृत्वलाई गहिरोसँग अवलोकन गरेका थिए ।

फाइनप्रिन्टद्वारा प्रकाशन गरिएको अंग्रेजी भाषाको पुस्तक बिहीबारबाटै बजारमा उपलब्ध हुने कार्यक्रममा बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?