राष्ट्रपति भण्डारीद्वारा लेबनानको घटनाप्रति शोक व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गरेकी छिन्।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरेकी छिन् ।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?