खोलाले बगाउँदा एक बालक बेपत्ता

काठमाडौं – डोटीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

डोटीको आदर्श गाउँपालिका-६ गिरीचौका खतेडा बस्ने मान बहादुर खडायतको छोरा १३ वर्षीय अर्जुन खडायत सोही ठाउँस्थित सेती नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाई बुधबारदेखि बेपत्ता भएका हुन् ।

ती बालक बेपत्ता भएपछि ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?