कुन प्रदेशमा कति भए संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ ।

कुलसंक्रमित मध्ये ७०.७ प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति  जना संक्रमण मुक्त ?

प्रदेश १ मा ९३७ जना

प्रदेश २ मा ३२३४ जना

वाग्मती प्रदेश ५९१जना

गण्डकी प्रदेशमा १३६२ जना

प्रदेश ५ मा ४०९७ जना

कर्णाली प्रदेशमा १७७७ जना

सुदूरपश्चिम प्रदेशमा ३३९१ जना

नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?