काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा २ जना, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा १ जना, बीआईडीएच ल्याब ललितपुरमा ६ जना, र ह्याम्स अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा एक जनामा गरि पछिल्लो २४ घण्टामा ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।
नेपालमा हिजो (बुधवार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया