दराज अनलाइनमार्फत ‘अपाचे आरटीआर १६० भी’ किन्दा १४ हजार छुट

काठमाडौं । नेपालमा अपाचे आरटीआर १६० भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक भएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आरटीआर १६० भीको सिंगल डिस्क सार्वजनिक गरेको हो । यसअघि कम्पनीले डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर १६० भी दराजमार्फत सिंगल डिस्कमा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ उत्पादनमा आरटीआर १६० भीमा डबल डिस्कजस्तै सम्पूर्ण फिचर रहेका छन् । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ । दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिएलगत्तै नयाँ आरटीआर १६० भी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमै पहिलोपटक कुनै पनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्ममार्फत गरेको यो पहिलो पटक रहेको कम्पनीले जनाएको छ ।

साथै ग्राकहरुले दराजमार्फत आरटीआर १६० भी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउनेछन् । भने दराजमा यो योजना सात दिनका लागि रहनेछ । त्यस्तै कम्पनीले आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकहरुको लागि भने छुटपछि मोटरसाइकलको मूल्य २ लाख ५८ हजार ९ सय रुपैयाँ पर्नेछ । आरटीआर १६० भीमा पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स छ । यो बाइक ‘पावर-टु-वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार ४।७३ सेकेन्डमै पूरा गर्छ ।

त्यस्तै आरटीआर १६० भीमा रहेको १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन छ । उक्त इन्जिनले १६.५ पीएस पावर ८ हजार आरपीएममा र १४.८ एनएम टर्क ६५ सय आरपीएममा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?