प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट आयो

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।

तर, प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको उनले बताएकी छिन् ।

‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड–१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। उक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछ’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?