‘कल डिटेल्स’बाट बाहिरियो रहस्य : रियाले सुशान्तलाई ‘ब्ल्याकमेल’ गरेको खुलासा !

काठमाडौं बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतले गत १४ जूनको राती बान्द्रास्थित घरमा झुण्डिएर आत्महत्या गरेका थिए । तर उनले के कारणले आत्महत्या गरे भन्ने बारेमा भने अहिलेसम्म केहि खुल्न सकेको छैन ।

यसैबीच उनकी प्रेमिका रिया चक्रवर्तीले उनलाई ब्ल्याकमेल गर्न खोजेको कुरा खुलासा भएको छ ।

उनको कल डिटेल्स निकालेर हेर्दा उनलाई पछिल्लो पाँच दिनमा रियाले २५ पटक फोन गरेकी थिइन् ।

२० देखि २४ जनवरीसम्म सुशान्त बहिनी रानीसँग भेट्न चण्डीगढ गएको खुलेको छ । जसमा रियाले उनलाई २५ कल गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तले नोभेम्बरमा आफ्नी बहिनीसँग सहयोग माग्नका लागि कल गरेका थिए र चण्डीगढ जानका लागि तीन बहिनीका लागि टिकट लिएका थिए । तर रियाले उनलाई ब्ल्याकमेल गरेर रोकिन् ।

सुशान्तले नयाँ नम्बरबाट फोन गरेर सहयोग गर्न अपील गरेका थिए । सुशान्तले रियार उनको परिवारले उनलाई मेन्टल अस्पताल पुर्याउन लागेको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?