काठमाडौं । लेबनााको राजधानी बेरुतमा मंगलवार भएको भयानक बिस्फोटमा अहिलेसम्म १३५ भन्दा धेरैको मृत्यु भएको छ भने ४ हजार भन्दा धेरै घाईते भएका छन् ।
हिरोसीमा र नागासाकीको बिस्फोटको १० भागमा एक भाग रहेको भनिएको यो बिस्फोटका कारण लेबनान अहिले चिन्तित छ ।
यो धमाकाले १० किलोमिटरको क्षेत्र ध्वस्त पारेको छ । धमाकाका कारण बन्दरगाहमा बनेको एक अन्न भण्डार पनि नष्ट भएको छ ।
जसका कारण अब त्यहाँ खानका लागि एक महिनाको लागि पनि खाद्यान्न नबँचेको बताइएको छ । त्यहाँको ८५ प्रतिशत अन्न त्यही भण्डारण गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया