ग्लोकल आफ्टर स्कुलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा अन्लाईन लर्निंग फेस्टिवल २०२० समापन

काठमाडौं । एस. ई .ई विद्यार्थीहरूको लागि ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा अन्लाईन लर्निंग फेस्टिवल २०२० एक हप्ता लामो अन्लाईन एवम रोमान्चक उत्सव आयोजना गरिएको थियो ।

यस कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वहा गर्नु रहेको ग्लोकलले जनाएको छ ।

यो एक किशोरकिशोरीहरुका लागि सिकाइको मन्च थियोे र यसमा उनिहरुले निशुल्क भाग लिन पाएका थिए । अन्लाईन लर्निंग फेस्टिवलले किशोरकिशोरीहरुका लागि सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पु-याएको थियो ।

यो एक हप्ता लामो अन्लाईन कार्यक्रमका बिभिन्न बिशेषताहरु रहेका थिए । यस फेस्टिवल अन्तर्गत उनिहरुले बिभिन्न सिप आधारीत कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन जस्ता बिभिन्न गतिबिधीहरुमा निसुल्क भाग लिन पाएका थिए । एस. ई .ई दिएका विद्यार्थीहरुले आफुलाई मनपरेको बिधामा सन्लग्न भई नयाँ सिप सिक्न मद्धत गरेको थियो ।

यस कार्यक्रम जुलाई २९ गते सुरु भएको थियो र उनिहरुले भविष्य र क्यारियर निर्णयहरू लिन मद्दत गर्न प्रेरणादायक क्यारियर मार्गदर्शन सत्रमा भाग लिएका थिए । अन्लाईन लेअर्निङ फेस्टिबलको दोस्रो दिन इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन मार्फत उनिहरुले अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप बिकास गर्न सफल भएका थिए । साथै अन्य दिनहरुमा उनिहरुले ३ छुट्टाछुट्टै कार्यशालामा सरिक भएका थिए जहाँ ब्यक्तित्व बिकास, बोल्ने कला एवम सामाजिक सन्जाललाई कसरी सुरक्षित रुपमा चलाउन सकिन्छ भनेर तिनै बिषयका विज्ञहरुबाट ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य आकर्षण लेखन तथा चित्रकला प्रतियोगिता थिए । किशोरअवस्थामा सिप बिकासको महत्व झल्काएर आफ्नो लेखन कला प्रस्तुत गरेका थिए जसमा “शुभम यादव” प्रथम, “बियुश गिरी” दोस्रो एवम “बबिता काफ्ले” तेस्रो बिजेता बन्न सफल भएका थिए । यसैगरी चित्रकला प्रतियोगितामा उनिहरुले आफ्नो स्कुल जिबनका सम्झनाहरु कोरेर भाग लिएका थिए । प्रतियोगिताको बिजेतामा प्रथम “मोहित भट्टराइर्”, द्रितिय “सुदिप्ती श्रेष्ठ” एवम त्रितिय स्थानमा “पेमा गुरुङ” बिजेता बन्न सफल भएका थिए ।

दुबै प्रतिस्पर्धाका विजेताहरूले पुरस्कार स्वरुप प्रथम हुनेले १०,०००, दोस्रो ले ५,००० एवम तेस्रो बिजेताले रु २,००० नगद पुरस्कार तथा उच्च अध्ययनका निमित्त ७५ प्रतिशतसम्मको छात्रवृत्ति पनि जित्न सफल भएका थिए । यस कार्यक्रम मार्फत उनिहरुले सिपका महत्व एवम यसका आयमहरुलाई अझै बिशत्रित रुपमा जान्ने मौका पाएका थिए ।

अनलाइन लर्निंग फेस्टिवलमा विभिन्न रमाईलो गतिविधिहरू समावेश गरिएको थियो, जसको उद्देश्य उनिहरुमा सीप बिकास गर्नु रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न बिद्यालयबाट २००ंं एस. ई .ई दिएका विद्यार्थीहरुको सन्लग्नता थियो र उनिहरुले कार्यक्रममा उल्लेखनीय सहभागीता जनाएका थिए ।

एक हप्ता लामो अनलाइन लर्निंग फेस्टिवल प्रतियोगिताको विजेताको घोषणा पछि समापन गरियो । यस कार्यक्रम मार्फत हामीलाई आएको प्रतीकृयाले हामीलाई सीप विकास र शिक्षाको लागि काम गर्न थप उर्जा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?