एनसीसी बैंकको सीईओमा पुनः रमेशराज अर्याल नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् ।

३० वर्ष लामो बैंकिङ अनुभव भएका अर्याललाई गत साउन १९ गते बसेको बैंकको ८०२ औँ संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार दोस्रो कार्यकालका लागि नवनियुक्त सीईओ अर्यालको दोस्रो कार्यकाल असोज १ गतेबाट लागू हुनेछ ।

यसअघि उनी २०७३ असोज १ गते उक्त बैंकको सीईओमा नियुक्त भएका थिए । साथै अबको ४ वर्ष उनले बैंकको व्यवस्थापकीय क्षेत्र सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?