प्रचण्ड निवासमा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा रहेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रचण्ड निवास खुमालटारको बाहिरी घेरामा बस्ने सुरक्षादलका ६ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्ड परिवारका सबै सदस्य र अन्य सुरक्षाकर्मीहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

बुधवार प्रचण्डका परिवारका सबै सदस्य र अन्यको समेत स्वाब संकलन गरिएको थियो । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?