आज देखि जोरबिजोर लागू, भोज, पार्टी, सेमिनार निषेध

काठमाडौं । आज (बिहीवार) देखि काठमाडौं उपत्यका लगायत जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली लागू भएको छ ।

काठमाडौं उपत्यका र कोभिड-१९ को २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक सवारीसाधन सञ्चालनमा लागि जोर बिजोर प्रणाली लागू भएको बताएको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्नेगरी आजदेखि उक्त व्यवस्था लगू भएको छ ।

काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । जोर बिजोर प्रणालीलाई कर्यान्वयन गराउन बिहानै देखि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।

तरपनि सडकमा सवारी साधनको चाप उच्च देखिएको छ । यससँगै सरकारले होटल रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न समेत निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?