राकुटेन भाइबरले इ–स्पोर्टसलाई साथ दिन शुरु गर्‍यो ‘टिम स्वर्ग’ नामक फोर्टनाइट कम्युनिटी

काठमाडौं । राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा संचालन गर्नका लागि सहयोग गरेको छ । यो प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ–स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको यो फोर्टनाइट प्रतियोगिता यही २०७७ साल साउन ९ गते सम्पन्न भएको थियो । यस प्रतियोगिताले नेपालका इ–खेलाडीहरुलाई फोर्टनाइट खेलमा पहिलोपटक व्यावसायिक सहभागीताको अवसर दिलाएको थियो । भाइबरले प्रतियोगिताको लागि आफ्नो प्लेटफर्ममा बनाएको फोर्टनाइट कम्युनिटी ‘टिम स्वर्ग’ले भाइबरको अनलाइन् कम्युनिटीमा मानिसहरुको सशक्तिकरणलाई बढावा दिने प्रतिबद्धताको प्रतिनिधित्व पनि गर्छ ।

प्रतियोगिताको प्रसारण ६००० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको फोर्टनाइट नेपालका विभिन्न स्ट्रिमरहरुद्वारा गरिएको थियोे । प्रतियोगिताको विजयी टिम ‘जिबि’ रह्यो जसमा थिए यातो, क्नास सान्तोस र एसटिफोरइन्क्स । यो टिमले कूल ५७ अँँक स्कोर गरी पुरस्कार वापत १०,०००÷ नगद प्राप्त गरेका थिए ।

“विश्वव्यापी खेल उद्योगहरु भने उच्च प्रतिस्पर्धात्मक खेलहरु फ्रेन्चाइज सम्बन्धन र आकर्षक नगद पुरस्कारका साथ आयोजना गरि अघि बढिसकेको छ र नेपाली खेल समुदायले भने अझै लय पकड्न बाँकी नै छ । हामीलाई आशा एवं विश्वास छ कि यो हाम्रो सानो प्रयासले इ–स्पोर्टस् प्रति मान्छेहरुको झुकाव बढाउन मद्दत पुग्नेछ र यसले नेपाली खेलाडीहरुलाई चर्चामा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?