कोरोनापछि चीनमा फेरी अर्को भाइरस, ७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँग लडिरहेको सारा विश्व अहिले त्रस्त र ग्रस्त छ । यसैबीच कोरोनाको उद्गमस्थल चीनमा फेरी अर्को भाइरस फैलिएको छ ।

यो भाइरसका कारण अहिलेसम्म ७ जनाको मृत्यु भईसकेको छ भने ६० जना संक्रमित भएका छन् । दक्षिण चीनमा फैलिएको यो भाइरस पछि संक्रमण मानिसमा सर्न सक्ने भन्दै चेतावनी दिइएको छ ।

पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् ।

त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको राजधानी नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा सात जनाको अहिलेसम्म मृत्यु भएको छ ।

यो भाइरस नयाँ भने नभएको बताइएको छ । यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?