‘जे-२० स्टिल्थ फाइटर ए’ लडाकू विमान अमेरिकाको कपी भएको चीनद्वारा स्विकार

काठमाडौं । अहिले चीन र अमेरिकाबीच दक्षिण चीन सागरलाई लिएर विवाद भईरहेको छ । जसका कारण चीनले अमेरिकालाई चेतावनी दिईरहेको छ भने अमेरिकाले चीनलाई हाँसी मजाकमा उडाईरहेको छ । दक्षिण चीन सागरमा अमेरिकाले आफ्ना शक्ति प्रदर्शन गरिरहेको छ । अमेरिका दक्षिण चीन सागरमा छिमेकी देशहरुको पनि बराबर अधिकार रहेको बताईरहेको छ भने चीन उक्त क्षे १ हजार वर्ष पहिलाबाटै आफ्नो भएको बताउँदै आएको छ ।

यसैबीच चीन लड़ाकू विमान र अन्य जटिल एयर स्पेस सिस्टम विकसित गर्न र उत्पादन गर्ने आफ्नो क्षमताका मामिलामा संसारकै सबेभन्दा परिष्कृत वायु सेनाहरुभन्दा दुई दशक पछाडि रहेको छ । तर चीनले सैन्य विमान प्रौद्योगिकीको लागि अन्य देशहरुलाई आफूमा पूर्ण निर्भरता पर्नको लागि बाध्य बनाउन भने सकेको छ ।

चेंग्दू जे २० का मुख्य डिजाइनरका अनुसार, चीनले सैन्य श्रेष्ठताका लागि आफ्नो विस्तृत विस्तारमा अमेरिकी फाइटर एफ-३५ बराबरी गरेको छ ।

चीनले आफ्नो स्टिल्थ फाइटर जेट अमेरिकाको कपी भएको पनि स्विकारेको छ । चीनको सरकारी विमान निर्माता कम्पनी चेंग्दू एयरक्राफ्ट डिजाइन इंस्टीट्यूटका मुख्य डिजाइनर यांग वेईले चीनको जे २० फाइटर जेट यूएस एफ ३५ को कपी भएको बताएका हुन् । चीनले यो स्विारेपछि अब अमेरिका र चीनबीचमा तनाव झनै बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण चीन मर्निंग पोस्टका अनुसार, हांगकांगमा रहेको एक समाचार वेबसाइटमा, चीनी सैन्य विमान निर्माताहरुले अमेरिकासँग तनाव बढीरहेको बेलामा विमान वाहकबाट सञ्चालित हुने लडाकू जेटको निर्माण गर्ने इच्छा प्रकट गरेका छन् ।

यसमा चेंग्दू एयरक्राफ्ट डिजाइन इन्स्टीट्यूट सरकारी कम्पनीले जे २० को नयाँ संस्करणमा काम गरिरहेको छ भने अर्को सरकारी कम्पनी शेनयांग एयरक्राफ्ट डिजाइन इन्स्टीट्यूट एफसी ३१ जेट निर्माण गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?