ओली इतर समुहको प्रेस ब्रिफिङपछि उत्तेजनापूर्ण अभिव्यक्ति आएको भन्दै बोल्यो प्रचण्डको सचिवालय

काठमाडौं । बुधवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थितीमा भएको पत्रकारहरुसँगको भेटघाटको विषयमा उत्तेजनापूर्ण अभिव्यक्ति आएको भन्दै प्रचण्डको सचिवालयले प्रष्टिकरण दिएको छ ।

प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले उक्त विषयमा प्रष्टिकरण दिँदै लेखेका छन्:

प्रिय साथीहरु !

हिजो ९२१ साउन २०७७० मा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का अध्यक्ष क। प्रचण्ड, वरिष्ठ नेताद्धय क।झलनाथ खनाल, क।माधवकुमार नेपाल र प्रवक्ता क।नारायणकाजी श्रेष्ठको उपस्थीतिमा भएको ‘प्रेस भेटघाट’ पछि केही उत्तेजनापूर्ण अभिव्यक्तिहरु सुन्नमा आएको छ । केही साथीहरुले यसलाई प्रेस संगठन, नेपालको भेलाको रुपमा गलत प्रचार गरेका छन् । तर, सत्य त्यो होइन ।

१.पहिलो, त्यो प्रेस संगठन, नेपालको भेला थिएन । मुलतस् नेकपा बिटमा रिपोटिङ्ग गरिरहेका पत्रकार साथीहरुसँगको भेटघाट तथा ‘प्रेस ब्रिफिङ्ग’ थियो । अझ बढी अनलाइनसँग सम्बद्ध साथीहरुको बढी सहभागिता थियो । त्यो कार्यक्रम नेताहरुले प्रेस संगठन, नेपाल भनेर एक शब्द पनि उच्चरण समेत गर्नुभएको छैन, न त कुनै प्रेस संगठन नेपालका नेताहरु नै बोल्नुभएको थियो । बरु प्रेस संगठन, नेपालको कमिटिमा आबद्ध साथीहरुलाई बोलाइएको थिएन । नेकपाबिटमा लेखिरहने साथीहरुलाई बोलाइएको थियो ।

२. दोस्रो प्रचार गरिए जस्तो नेताहरुले कुनै समूह अथवा नेता बिरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरु, उहाँहरुको चिन्ता थियो, ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन ।’ उहाँहरुको भनाईको सार थियो,‘जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने बिषयसँग सम्बन्धित संघर्ष हो । विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेता बिरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।
र अन्तमा :

फेरि पनि भनौं, त्यो प्रेस संगठन, नेपालको भेला होइन । थिएन । नेताहरुले पत्रकारहरुलाई बोलाएर आफ्ना कुरा भन्दा ‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ उत्तेजित र उद्देलित हुन जरुरी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?