म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम आठमा

काठमाडौं । जितसँगै म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) लाई २-१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको हो ।

ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको ५५ औं मिनेटमा फिलिप विसिंगारले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाएका थिए ।

तर,५७ औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई १-१ को बराबरीमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।

अब युनाइटेडले क्वाटरफाइनलमा डेनिस क्लब एफसी कोपनहेगनसँग खेल्नेछ । क्वाटरफाइनल खेल भने अगस्ट १० मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?