हिरोसीमा नागासाकी परमाणु हमलाको ७५ औँ वर्ष, यस्तो छ डरलाग्दो ईतिहास

काठमाडौं । ६ अगस्ट सन् १९४५ को दिन हिरोसीमामा घातक परमाणु हमला भएको थियो । यस हमलाले यति धेरै क्षति गरेको थियो कि, आज पनि यसको पीडा धेरैले सुनाउने गर्छन् ।

यो घटनालाई लिएर अमेरिका र रुसमाथि आरोप लगाइएको थियो । जापान अहिले पनि यो दिन सम्झिएर भावमा डब्ने गर्दछ ।

आज हिरोसीमा र नागासाकी परमणाु हमला भएको ७५ औँ वर्षगाँठ हो । यो दिनमा जापानीहरु आफ्नो तीतो हारका साथै युद्धमा मारिएका आफ्ना नागरिकलाई सम्झिने गर्दछन् । यो हमला पछि दोश्रो विश्व युद्धको पनि अन्त्य भएको थियो ।

हिरोसीमामा हमला भएको तीन दिन पछि अर्थात् ९ अगस्टमा नागासाकीमा दोश्रो परमाणु बमको हमला भएको थियो । यसले जापानको उक्त शहर पूरा ध्वस्त बनेको थियो भने लाखौँ मानिसको मृत्यु भएको थियो ।

६ र ९ अगस्ट कालो दिन

६ अगस्ट, १९४५ को बिहान ८ बजेर १५ मिनेटमा, यूएसबी विमानले लिटिल ब्वाई नामको बम झारेको थियो ।

यो दक्षिण पश्चिम शहर शिरोशिमाका आईयो ब्रिजको नजिक झरेको थियो । तर बिपरित दिशामा बहेको हावाका कारण यो आफ्नो लक्ष्यबाट बिपरित भएर सीमा सर्जिकल क्लिनीकमा झरेको थियो ।

यसमा लगभग ३ लाख ५० हजार मानिसमा १ लाख ४० हजारको मृत्यु भएको थियो । हजारौँ मानिसहरुको अवस्था गम्भीर थियो ।

९ अगस्ट, सन् १९४५ मा अमेरिकाले नागासाकीको दक्षिण भागमा ४२० किमी (२६१ मील) को दूरीमा फ्याट म्यान नामको एक बम हानेको थियो ।

यो बमका कारण ७५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसको ६दिनपछि जापानले आत्मसमर्पण गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?