गृहमन्त्री थापा पुगे प्रहरी मुख्यालय, के के गर्दैछन् ?

काठमाडौं, १६ फागुन । गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी मुख्यालय पुगेका छन् । गृहमन्त्री बनेको तीन दिनपछि उनी प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडक्वार्टर पुगेका हुन् ब्रिफिङको सुरुआतमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्री थापालाई जानकारी गराएका थिए उनले प्रहरी अधिकारीको ब्रिफिङपछि प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेछन् प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु ब्रिफिङमा सहभागी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?