मन्त्री र सांसदलाई लाग्यो कोरोना

प्रदेश २ का एक मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय उच्च स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र प्रदेश सांसद रिना यादवलाई कोरोना संक्रमण भएको हो । बुधबार साँझ परीक्षण रिपोर्ट आएपछि यादव मन्त्री निवासमै ‘होम आइसोलेसन’मा बसेका छन् ।

यसैगरी, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्रको सचिवालय र परिवारका ६ जनामा पनि कोरोना देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?