यी ५ देशमा छन् सबै भन्दा धेरै संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७ हजार १ सय ५८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८८ लाख ३४ हजार ९ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २० लाख २४ हजार ६ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६० हजार ८ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार ४ सय १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४९ लाख ३६ हजार ८ सय ३६ पुगेको छ । हालसम्म २५ लाख ७ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ३ सय ९७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २८ लाख १७ हजार ४ सय ७३ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९६ हजार ३ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १९ लाख ७० हजार ७ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३० जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४० हजार ७ सय ३२ पुगेको छ । बितेको २४ घण्टामा ५३ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १९ लाख ५९ हजार ८ सय २२ पुगेको छ । हालसम्म १३ लाख २५ हजार ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय १२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ४ सय ९० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको र १ सय ३९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ६६ हजार ६ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ६९ हजार २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ४ पुगेको छ । हालसम्म ५ लाख २१ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ३ लाख ६३ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?