काठमाडौं । बुधवार सप्तरीमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मृत्यु भएका अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको स्रोतले जनाएको छ । यसअघि बुधवार नै नेपालमा कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको छ । पर्साका २ जना १८ वर्षीया युवती र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने अन्य तीन जना मध्ये सर्लाहीका १ र मोरङका २ जना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै मोरङमै उपचाररत विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षका पुरुषको पनि मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया