कोरोना भयावह : अमेरिकामा १ लाख ६० हजार बढीको गयो ज्यान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७ हजार १ सय ५८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८८ लाख ३४ हजार ९ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड २० लाख २४ हजार ६ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६० हजार ८ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार ४ सय १६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४९ लाख ३६ हजार ८ सय ३६ पुगेको छ ।

हालसम्म २५ लाख ७ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?