उपत्यकासहित यी जिल्लामा २०० बढी सक्रिय संक्रमित, जहाँ हुनेछ यातायातमा जोरबिजोर

काठमाडौं । हाल देशभर सक्रिय संक्रमित ६ हजार १ सय ७३ जना हुँदा उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) सहित कैलाली पर्सा, रौतहट र महोत्तरीमा २०० बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको छ । जसअनुसार उपत्यकामा ५६१, कैलालीमा ६६९, पर्सामा ४७७, रौतहटमा ७७६ र महोत्तरीमा ५४४ संक्रमित रहेका छन् ।

अन्य जिल्लामा भने २०० भन्दा कम संक्रमित रहेक छन् । गृह मन्त्रालयको सूचना अनुसार यी जिल्लामा मात्रै हाललाई यातायातका साधनमा जोरबिजोर लाग्ने देखिएको छ ।

हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुग्दा संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ रहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना संक्रमित उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?