काठमाडौं । सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका साथै विद्यालय भर्ना र लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको भएपनि त्यो निर्णय कार्यान्वयनमा नआयउने सम्भावना बढेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार संक्रमण दर बढेसँगै यो निर्णयबारे पुनर्विचार गर्ने निष्कर्षमा सरकार पुगेको छ । असार अन्तिम साता सरकारले अवाइ उडानका साथै विद्यालय भर्ना र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको थियो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताए। बुधबार सञ्चारकर्मीहरुसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।
हाल देशभर सक्रिय संक्रमित ६ हजार १ सय ७३ जना हुँदा उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) सहित कैलाली पर्सा, रौतहट र महोत्तरीमा २०० बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको छ । जसअनुसार उपत्यकामा ५६१, कैलालीमा ६६९, पर्सामा ४७७, रौतहटमा ७७६ र महोत्तरीमा ५४४ संक्रमित रहेका छन् ।
अन्य जिल्लामा भने २०० भन्दा कम संक्रमित रहेक छन् । गृह मन्त्रालयको सूचना अनुसार यी जिल्लामा मात्रै हाललाई यातायातका साधनमा जोरबिजोर लाग्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया