लद्दाख केन्द्रसासित क्षेत्र बनेको १ बर्ष पुगेकोमा नेपाली एकता समाजको बधाई

काठमाडौं । नेपाली एकता समाज भारतले लद्दाखलाई केन्द्रशासित क्षेत्रको विशेष दर्जा दिईएको १ बर्ष पुगेको अवसरमा बधाई दिएको छ। समाजले एक विज्ञप्ति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो । ‘हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनतालाई मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली पनि लाभान्वित छन ।’, विज्ञप्तिमा भनिएको छ ।

समाजले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारलाई धन्यवाद समेत दिएको छ ।

समाजले नेपाली समुदायलाई सहयोग पुर्‍याएकोले लद्दाख प्रशासन र लद्दाख स्वायत्त हिल विकास काउन्सिल, लेहमाथि पनि आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?