चीनसँग लड्नको लागि भारतलाई अमेरिकाले हतियार दिन लागेको भारतीय मिडियाको दाबी !

काठमाडौं । भारत र चीनको बीचमा लगातार सीमा विवादका कारण सम्बन्ध बिग्रिँदै गईरहेको छ ।

यसैबीच चीनसँग लड्नको लागि अमेरिका अब भारतलाई हतियार दिने तयारीमा लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी हतियारहरुमा सशस्त्र ड्रोन पनि सामेल छ ।

यसले हजार वटा भन्दा धेरै बम र मिसाइल बोकेर लैजान सक्छ । भारत र चीनका सैनिकबीच गत १५ जूनमा भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो । अहिले दुबै देशले सीमामा आफ्ना सैन्य शक्ति बढाईरहेका छन् ।

अमेरिकाले यहि महिनामै भारतलाई हतियार दिन लागेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?