काठमाडौं । सरकारले भोलिबाट सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले त्यस्तो निर्णय गरेको हो ।
गत साउन ७ गतेबाट एकाध बाहेक सबैजसो क्षेत्रमा लकडाउन खुल्ला भएसँगै मानिसहरु सामान्य दैनिकीमा फर्कन थालेका छन् । काठमाडौं उपत्यका लगायत अत्याधिक भिडभाड हुने शहरहरुमा मानिसहरुको चाप बढेसँगै संक्रमितको संख्या पनि उच्च रुपमा वृद्धि भएको छ । बितेको २४ घण्टामा मात्रै काठमाडौंमा ५७ जनासहित ललितपुरका ५ जना, धादिङका २ जना, सुनसरी २ जना, इलामका २ जना, सप्तरीका ८ जना, उदयपुरका १ जना, इलामका १४ जना, सर्लाहीका ५ जना, धनुषाका १२ जना, महोत्तरीका १७ जना, सिरहाका २ जना, बाराका २८ जना, पर्साका १५१ जना, गोरखाका ३ जना, कपिलवस्तुका ९ जना, मकवानपुरका ४ जना, रौतहटका २ जना, सिन्धुपालचोकका १ जना, स्याङजाका १७ जना, बाग्लुङका २ जना, बाँकेका १३ जना, दाङका १ जना, सुर्खेतका १० जना, कालीकोटका १ जना र बझाङका ११ जना गरी थप ३८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको थियो ।
मृतकको संख्या पनि बढीरहेको छ ।
लकडाउन खुल्ला गरेको ७ गतेदेखि १७ गतेसम्म नेपालमा ०. ८ प्रतिशतले कोरोना संक्रमणको दर बढेको थियो ।
संक्रमितको संख्या तिव्र रुपमा बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद् विज्ञ, प्रतिपक्षी दल, पूर्व प्रधानमन्त्रीहरु सल्लाह गरेका थिए । जनस्वास्थ्यविज्ञले कफ्र्यू वा लकडाउन लगाउन सुझाव दिएकोमा भोलीबाट फेरि जोरबिजोर नियम लागू गरीएको हो ।
यो पनि हेर्नुहोस्
यी १४ जिल्लामा निषेधाज्ञा जारी, नुवाकोटमा अर्को सूचना नआएसम्म लागू हुने (जिल्लासहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया